AarthikBikash
आइतवार, जेष्ठ २४, २०८३
  • होमपेज
  • राजनीति
  • बागमती प्रदेशका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न

बागमती प्रदेशका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न

  • आइतवार, जेष्ठ २४, २०८३
बागमती प्रदेशका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

सिन्धुपाल्चोकमा शनिबार सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको छ भने चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदै छ ।

९ जिल्लामा काठमाडौंबाट राजा शाक्य, भक्तपुरबाट रामेश्वर बस्नेत, काभ्रेपलान्चोकबाट प्रबिन ढकाल, सिन्धुलीबाट अविनाश बस्नेत, रामेछापबाट रमेश रायमाझी, दोलखाबाट दिनेश बस्नेत, नुवाकोटबाट रामेश्वर गजुरेल, धादिङबाट राजन अर्याल र मकवानपुरबाट सन्जिव पाठक सभापतिमा निर्वाचित भएका छन् ।

पार्टीले संगठन विस्तार र संरचनागत सुदृढीकरणलाई लक्ष्य बनाउँदै देशव्यापी अधिवेशन अभियानलाई तीव्रता दिएको हो ।

जसअनुसार रास्वपाले आज देशका २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गर्दैछ ।

रास्वपाले यसअघि शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। रास्वपाले आगामी राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ।

बाँकी जिल्लाका अधिवेशन राष्ट्रिय महाधिवेशनपछि गरिनेछ। यसैबीच, प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु हुने र सातवटै प्रदेशमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको जनाइएको छ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने तय भएको छ।

सम्बन्धित समाचार