AarthikBikash
बिहिबार, जेष्ठ २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ज्ञानेन्द्र शाहीले सदनमै भने : करका दर हेरफेरबारे अर्थमन्त्रीले झुट बोले

ज्ञानेन्द्र शाहीले सदनमै भने : करका दर हेरफेरबारे अर्थमन्त्रीले झुट बोले

  • बिहिबार, जेष्ठ २८, २०८३
ज्ञानेन्द्र शाहीले सदनमै भने : करका दर हेरफेरबारे अर्थमन्त्रीले झुट बोले

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर छलीका विषयमा झुट बोलेको दाबी गरेका हुन् ।

‘भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीलेसम्म संसदीय समितिमा गएर झुट बोल्नुभएको छ । हामीले संसदीय छानबिन माग गरेको रहरका लागि होइन,’ प्रतिनिधिसभामा उनले भने ।

उनले बजेट निर्माणका क्रममा करका दर हेरफेरलाई राजद्रोहको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् ।

बुधबारको बैठकमा पनि उनले यस विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका थिए ।

सम्बन्धित समाचार