AarthikBikash
शुक्रबार, जेष्ठ २९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काभ्रेको नमोबुद्धमा यात्रुवाहक बस दुर्घटना, सात जनाको मृत्यु

काभ्रेको नमोबुद्धमा यात्रुवाहक बस दुर्घटना, सात जनाको मृत्यु

  • शुक्रबार, जेष्ठ २९, २०८३
काभ्रेको नमोबुद्धमा यात्रुवाहक बस दुर्घटना, सात जनाको मृत्यु

बनेपा – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस आज दुर्घटनामा परेको हो। दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा खटिएका थिए।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार