AarthikBikash
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • राजनीति
  • विष्णु पौडेलको गिरफ्तारी गैरन्यायिक भएको एमालेको निष्कर्ष

विष्णु पौडेलको गिरफ्तारी गैरन्यायिक भएको एमालेको निष्कर्ष

  • मङ्लबार, असार ९, २०८३
विष्णु पौडेलको गिरफ्तारी गैरन्यायिक भएको एमालेको निष्कर्ष

काठमाडौं – नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेलको रिहाईको माग गरेको छ ।

मंगलबार ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले पौडेललाई रिहा गर्न माग गरेको हो ।

एमालेले पूर्व अर्थमन्त्री समेत रहेका पौडेलको गिरफ्तारी गैरन्यायिक भएको निष्कर्ष निकालेको छ ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई  सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो ।

पक्राउपछि सोमबार राती नै काठमाडौंका लागि हिँडाइएका पौडेललाई सार्वजनिक सवारीसाधनमार्फत आज मध्यान्न १२ः१५ बजे आसपास विभागमा पुर्‍याइएको थियो ।

त्यसपछि सरकारी वकिलको कार्यालयले थुनामा राखेर अनुसन्धान गर्न मागसहित  विशेष अदालतमा उपस्थित गराएको छ। अहिले अदालतमा म्याद थपका लागि सरकारी वकिलहरूले र पौडेलपक्षका वकिलहरूले बहस गरिरहेका छन् ।

सम्बन्धित समाचार