AarthikBikash
शुक्रबार, असार २६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गणेश नेपालीको निधनपछि गृह मन्त्रालयमा आकस्मिक छलफल

गणेश नेपालीको निधनपछि गृह मन्त्रालयमा आकस्मिक छलफल

  • शुक्रबार, असार २६, २०८३
गणेश नेपालीको निधनपछि गृह मन्त्रालयमा आकस्मिक छलफल

काठमाडौं– आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयमा आकस्मिक छलफल सुरु गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेपालीको मृत्युको खबर प्राप्त भएपछि गृहमन्त्रीसहित मन्त्रालयका उच्च अधिकारीहरू घटनाबारे छलफलमा जुटेका हुन्।  स्रोतका अनुसार मन्त्रालयले घटनाको पछिल्लो अवस्था, सुरक्षा व्यवस्थालगायत विषयमा समीक्षा गरिरहेको छ।

छलफलपछि गृहमन्त्री सुधन गुरुङ स्वयं अस्पताल पुग्ने तयारीमा रहेको मन्त्रालय स्रोतले जनाएको छ। गृहमन्त्री गुरुङको सचिवालयका अनुसार उनी केही बेरमा वीर अस्पताल पुग्नेछन्। नेपालीले बिहीबार दिउँसो १ः४५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।  वीर अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको छ। यस घटनापछि थप विवरण संकलन भइरहेको गृह मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार