AarthikBikash
बुधबार, साउन २०, २०८३

हालको खबर

  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अर्थ मन्त्रालयमा आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

अर्थ मन्त्रालयमा आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

  • बुधबार, साउन २०, २०८३
अर्थ मन्त्रालयमा आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाउनुभएकाे छ।

अर्थमन्त्री वाग्लेले बुधबार बिहान ९ बजे राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूलाई मन्त्रालयमा बोलाउनुभएकाे हाे । यहि साउन १२ गते उद्योगीहरूसँग छलफल गरेका अर्थमन्त्री वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्नुभएकाे थियाे।

उद्योगी र बैंकरहरूले मौद्रिक नीतिसँग सम्बन्धित विषय छलफलमा प्रस्तुत गरेका थिए। अर्थ मन्त्रालयमा भएको उद्योगी र बैंकरहरूसँगको छलफलमा राष्ट्र बैंकको प्रतिनिधि सहभागी थिएनन्।

अर्थमन्त्री वाग्लेले बुधबार राष्ट्र बैंकको कार्यकारी निर्देशकहरूसँग गर्ने छलफलमा राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र डेपुटी गभर्नर किरण पण्डितलाई भने नबोलाइएको मन्त्रालय स्रोतले जनाएकाे छ ।

अर्को समाचार

Roulette Con Croupier Dal Vivo Pareggio
Roulette Con Croupier Dal Vivo Pareggio

सम्बन्धित समाचार