AarthikBikash
आइतवार, साउन २४, २०८३
  • होमपेज
  • खेलकुद
  • एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

  • आइतवार, साउन २४, २०८३
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको मिति सार्वजनिक गरेको छ ।

क्यानले शनिबार साँझ विज्ञप्ति जारी गर्दै एनपीएल २०२६ कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो ।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने उल्लेख छ।

एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सनसमेत सम्पन्न भइसकेको छ। अक्सनमार्फत टोलीहरूले नेपाली खेलाडी छनोट गरिसकेपछि अहिले विभिन्न फ्रेन्चाइज टोली विदेशी खेलाडी अनुबन्ध गर्ने तयारीमा जुटेका छन्।

विदेशी खेलाडीको अनुबन्धसँगै एनपीएल २०२६ का लागि टोलीहरूको तयारी थप तीव्र हुने अपेक्षा गरिएको छ। अघिल्ला संस्करणको लोकप्रियता र प्रतिस्पर्धालाई निरन्तरता दिँदै तेस्रो संस्करणलाई अझ आकर्षक बनाउने तयारी क्यान र फ्रेन्चाइज टोलीहरूले अघि बढाएका छन्।

एनपीएलको तेस्रो संस्करणमा देशका विभिन्न फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित समाचार