AarthikBikash
आइतवार, साउन २४, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • आइतवार, साउन २४, २०८३
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने जनाइएको छ ।

साथै, बैठकमा संस्थापन इतर समूहले आह्वान गरेको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशनलगायतका विषयमा छलफल हुने जनाइएको छ।

संस्थापन इतर पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। लामो समयदेखि हङकङमा रहेका पूर्वसभापति शेरबहादुर देउवा पनि भेलामा सहभागी हुने बताइएको छ। देउवा साउन २८ गते दिउँसो १२ बजे स्वदेश फर्किने कार्यक्रम छ।

पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि संस्थापन पक्षमाथि पछिल्ला दिनमा थप दबाब बढेको देखिएको छ।

सम्बन्धित समाचार