AarthikBikash
बुधबार, साउन २७, २०८३
  • होमपेज
  • राजनीति
  • नवलपरासीमा कांग्रेस र जनमतका पालिका सभापति समूहसहित रास्वपामा प्रवेश

नवलपरासीमा कांग्रेस र जनमतका पालिका सभापति समूहसहित रास्वपामा प्रवेश

  • बुधबार, साउन २७, २०८३
नवलपरासीमा कांग्रेस र जनमतका पालिका सभापति समूहसहित रास्वपामा प्रवेश

रूपन्देही – नेपाली कांग्रेस सुस्ता गाउँपालिका सभापति रबिन्द्र जैसवालले कांग्रेस परित्याग गरेका छन् ।

सुनवलको रिबर्न होटलमा रास्वपाले आयोजना गरेको कार्यक्रममा जैसवालले कांग्रेस परित्याग गरेको घोषणा गर्दै रास्वपामा समाहित भएको बताए ।

जैसवालसँगै कांग्रेस, एमाले जनमत लगायतका अन्यसहित झन्डै ३ सय बढी नेता तथा कार्यकर्ता रास्वपा प्रवेश गरेको बताइएको छ ।

रास्वपाका जिल्ला सभापति रवि पाण्डे र सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य बिक्रम खनालले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेस सभापति रविन्द्र जैसवाल र जनमत पार्टी सुस्ताका अध्यक्ष शत्रुधन यादवको नेतृत्वमा उनीहरु रास्वपा प्रवेश गरेका हुन् ।

अदालतले कांग्रेसको मुद्धा पुनरावलोकन गर्न दिएको अवस्थामा समेत कांग्रेसमा गुटको अन्त्य नभएको र फुटको संघारमा पुगेको भन्दै जैसवालले कांग्रेस परित्याग गरेको बताए ।

जैसवालसँगै सिङ्गो गाउँका कांग्रेस समर्पित नै प्रवेश गर्नुमा जिल्ला तहकै नेतृत्वप्रतिको असन्तुष्टि रहेको बताईएको छ ।

केही दिन अघि मात्रै नेपाली काङ्ग्रेसका जिल्ला सचिव एवम् प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले सुस्ता गाउँपालिका निवासी जनमतका केन्द्रीय सदस्य एवम् प्रदेश सभाका उम्मेदवार असरफ अलि चुरीहारलाई काठमाडौ लगेर सभापति गगन थापाको हातबाट पार्टी प्रवेश गराएपछि जैसवाल र यादव रुष्ट बनेको निकटस्थहरू बनाउँछन् ।

कांग्रेस सुस्ता सभापति जैसवाललाई फागुन २१ मा सम्पन्न निर्वाचनमा समेत रास्वपाका उम्मेदवारलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो ।

सम्बन्धित समाचार