विराटनगर – कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
आज बसेको मन्त्रिपरिषद को बैठक पछि कोशी प्रदेश सरकारमा सहभागी ४ मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिएका हुन ।
एमाले-नेकपाबीचको ३ बुँदे सहमतिपछि गठबन्धन फेरिएसँगै कांग्रेस बाहिरिएको हो ।
कोशीमा एमालेले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, खानेपानी तथा सिँचाइ र सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएको छ।
यस्तै भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य र पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसको नेतृत्वमा थियो ।