AarthikBikash
बिहिबार, साउन २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज स्वदेश फर्किंदै देउवा

आज स्वदेश फर्किंदै देउवा

  • बिहिबार, साउन २८, २०८३
आज स्वदेश फर्किंदै देउवा

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फिर्ता हुँदै छन् । देउवा दिउँसो १२ः३० मा नेपाल फर्किने तय भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारार्थ कात्तिक १० गते राति सिंगापुर गएका थिए ।

देउवालाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवास महाराजगञ्जसम्म पुर्‍याउने तयारी छ ।

देउवा दम्पती सिंगापुरमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पुर्जी जारी गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो ।

उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अघिल्लो समाचार

Online Casino 1 Cent Roulette
Online Casino 1 Cent Roulette

सम्बन्धित समाचार