AarthikBikash
बिहिबार, साउन २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भक्तपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

भक्तपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

  • बिहिबार, साउन २८, २०८३
भक्तपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

भक्तपुर – भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक पुरुष मृत भेटिएका छन् ।

मृत भेटिनेमा बाराका ५७ वर्षीय हीरालाल पासवान रहेका छन् ।

सरकारले सुकुम्बासी बस्ती भत्काएपछि उनी विस्थापित भएर कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रस्थित होल्डिङ सेन्टरमा पुगेका थिए ।

२७ असारमा होल्डिङ सेन्टरभित्रै बाढी पसेपछि सरकारले उनीहरूलाई बोडेस्थित कृषि विकास तालिम केन्द्रको होल्डिङ सेन्टरमा पुर्‍याएको थियो ।

हीरालाल छोरा र दुई नातिनीसहित ६ सदस्यको परिवारसँग होल्डिङ सेन्टरमा बस्दै आएका थिए। थापाथली बस्तीबाट विस्थापित भएपछि छोरा रवि ज्याला मजदुरी गर्दै आएका थिए भने हीरालाल बदाम बेच्ने गर्थे।

छिमेकीका अनुसार होल्डिङ सेन्टरको अनिश्चित बसाइ र सरकारले दिने भनिएको जग्गाको सूचीमा आफ्नो नाम नपरेपछि उनी केही समययता चिन्तित थिए। प्रहरीका अनुसार हीरालाल कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अनुसार उनी २०६३ सालदेखि थापाथली सुकुमवासी बस्तीमा बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरले मृत फेला पर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

अघिल्लो समाचार

Juegos De Probabilidad Con Slots Valencia
Juegos De Probabilidad Con Slots Valencia

सम्बन्धित समाचार