AarthikBikash
बिहिबार, भदौ ११, २०८३
  • होमपेज
  • राजनीति
  • बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किए प्रधानमन्त्री शाह

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किए प्रधानमन्त्री शाह

  • बिहिबार, भदौ ११, २०८३
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किए प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

बुधबार रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठक आह्वान गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका थिए।

यसैबीच प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए।

प्रभावित बस्तीको भौतिक अवस्था, बाढीबाट भएको क्षति तथा उद्धार–राहतको अवस्थाबारे स्थलगत जानकारी लिएर उनी काठमाडौं फर्किएका हुन्।

नुवाकोट भ्रमणका क्रममा प्रधानमन्त्री शाह र मन्त्रीसहितको टोलीले बाढीबाट क्षतिग्रस्त क्षेत्रको अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग छलफल गरेको छ।

सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौं फर्किएको छ।

सम्बन्धित समाचार