AarthikBikash
शुक्रबार, भदौ १९, २०८३
  • होमपेज
  • समाज
  • बाढी अपडेट: मृत्यु हुनेको संख्या १ हजार २८७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता

बाढी अपडेट: मृत्यु हुनेको संख्या १ हजार २८७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता

  • शुक्रबार, भदौ १९, २०८३
बाढी अपडेट: मृत्यु हुनेको संख्या १ हजार २८७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता

काठमाडौं – रसुवा बाढी तथा त्यससँग सम्बन्धित विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार २ सय ८७ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार शुक्रबार मध्यान्हसम्म उक्त संख्यामा शव फेला परेका हुन्।

फेला परेका शवमध्ये सबैभन्दा बढी चितवनमा ३ सय ५९ जनाको छ। त्यस्तै नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भएको छ। विपद्मा परी ५ हजार ३ सय ९७ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पताल तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ।

सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनाको उद्धार गरेको छ। शुक्रबार मात्रै त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

हालसम्म नेपाली सेनाले ८ सय ३० र निजी क्षेत्रले १ सय २९ पटक हेलिकप्टर उडान गरी उद्धार तथा राहतमा सहयोग गरेका छन्। उद्धार गरिएकामध्ये ३ सय ३ जना विदेशी नागरिक छन्।

विपद् व्यवस्थापनका लागि देशभर २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ३१ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना छन्।

प्राधिकरणका अनुसार अझै ५ हजार ८३ जना सम्पर्कविहीन छन्। तीमध्ये ५ सय ८३ जना विदेशी नागरिक रहेका छन्। रसुवामा २ हजार १ सय ३० र नुवाकोटमा २ हजार ३ सय ४० जना सम्पर्कविहीन छन्। सम्पर्कविहीनको विवरणमा पहिचान हुन नसकेका शवसमेत समावेश भएको हुन सक्ने प्राधिकरणको अनुमान छ।

प्रारम्भिक आकलनअनुसार बाढी तथा विपद्बाट ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ। ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ।

यातायाततर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ मोटरेबल पुल र ६८ झोलुंगे पुलमा क्षति पुगेको छ।

विपद्बाट भएको कुल आर्थिक क्षति तथा नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान छ। शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिइएको छ। काठमाडौँबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री पठाइएको छ भने सशस्त्र प्रहरीले १ सय ६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत पुर्‍याएको छ।

सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।

अघिल्लो समाचार

Punto Banco Demo
Punto Banco Demo

सम्बन्धित समाचार