AarthikBikash
आइतवार, भदौ २१, २०८३
  • होमपेज
  • राजनीति
  • गृहमन्त्री गुरुङ अस्पताल भर्ना भएको खबर भ्रामक : सचिवालय

गृहमन्त्री गुरुङ अस्पताल भर्ना भएको खबर भ्रामक : सचिवालय

  • आइतवार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ अस्पताल भर्ना भएको खबर भ्रामक : सचिवालय

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अस्पताल भर्ना भएको भन्ने खबर भ्रामक रहेको उनको सचिवालयले स्पष्ट पारेको छ।

गृहमन्त्री गुरुङ बिरामी भएर अस्पताल भर्ना भएको भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि सचिवालयले त्यसको खण्डन गरेको हो।

सचिवालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते तथा बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ अस्पताल पुगेका थिए।

सोही विषयलाई लिएर उनी स्वयं बिरामी भएर अस्पताल भर्ना भएको भन्ने गलत सूचना फैलिएको सचिवालयले जनाएको छ।

‘गृहमन्त्री सुधन गुरुङज्यू अस्पताल भर्ना भएको भन्ने समाचार भ्रामक रहेको जानकारी गराउँछौं। उहाँ बाढी प्रभावित क्षेत्रबाट उद्धार भएका बिरामीहरूको पछिल्लो अवस्था बुझ्न छाउनी अस्पताल जानुभएको हो,’ गृहमन्त्रीको सचिवालयले भनेको छ।

सम्बन्धित समाचार