AarthikBikash
मङ्लबार, कार्तिक ११, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दशैंलगत्तै काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’ : २४ घण्टामा ७५ जना पक्राउ

दशैंलगत्तै काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’ : २४ घण्टामा ७५ जना पक्राउ

  • मङ्लबार, कार्तिक ११, २०८३
दशैंलगत्तै काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’ : २४ घण्टामा ७५ जना पक्राउ

काठमाडौं – उपत्यकामा नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गएको २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन। अपरेसनमा अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी दिए।

सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्रलगायत नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि सञ्चालन गर्ने तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्कामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।

अभियानका क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना कसुरदार, विभिन्न् मुद्दामा अनुसन्धान तथा कानूनी कारबाहीका क्रममा फरार रहेका चार जना र अदालतबाट सजाय तोकिएका र चालु मुद्दामा फरार रहेका गरी १२ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरीले पक्राउ परेका व्यक्तिको संलग्नता तथा उनीहरूमाथि लागेका आरोपका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार