AarthikBikash
बिहिबार, कार्तिक १३, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

  • बिहिबार, कार्तिक १३, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्।

पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष समारोहमा शपथ लिएको हो।

सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्। थापाले भने यसअघि नै सभापतिको शपथ लिइसकेका थिए।

निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले थापालाई सभापतिको शपथ गराएका थिए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको थियो। केन्द्रीय महाधिवेशन भने असोज १८ गतेदेखि सुरु भएको थियो।

सम्बन्धित समाचार