AarthikBikash
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • राजनीति
  • छानबिन समितिले पूर्वअर्थमन्त्रीसँग लियो बयान,सीसीटिभी फुटेज बारे केही थाहा नभएको जवाफ

छानबिन समितिले पूर्वअर्थमन्त्रीसँग लियो बयान,सीसीटिभी फुटेज बारे केही थाहा नभएको जवाफ

  • बिहिबार, साउन ५, २०७९
छानबिन समितिले पूर्वअर्थमन्त्रीसँग लियो बयान,सीसीटिभी फुटेज बारे केही थाहा नभएको जवाफ

काठमाडौं – पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको बयान दिएका छन्। बिहीबार बिहान बसेको संसदीय विशेष छानबिन समितिको बैठकमा शर्माले अनधिकृत व्यक्ति संलग्न नरहेको बयान दिएका हुन्।

छानबिन समितिका ११ जना सदस्यहरुले सो घटनाबारे शर्मासँग बयान लिएका थिए। शर्माले आज बयान दिँदै संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन्।

समितिले सो प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा आज निवर्तमान मन्त्री शर्मासँग पनि सोधपुछ गरेको हो। शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बयान दिएका हुन्।

आर्थिक वर्ष २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ। उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो। छानबिन समिति गठन भए लगत्तै शर्माले अर्थमन्त्रीपदबाट राजीनामा दिएका थिए।

समितिलाई कार्य आरम्भ गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश छ। यद्यपी तोकिएको समयसीमा सकिएको समितिले आज सभामुख अग्निप्रसाद सापकोटासँग थप ७ दिन माग गर्ने तयारी रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार