AarthikBikash
बिहिबार, कार्तिक १५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • संघीयता खारेजको होइन, सुधारको माग गरेका हौंः रवि लामिछाने

संघीयता खारेजको होइन, सुधारको माग गरेका हौंः रवि लामिछाने

  • बिहिबार, भदौ २, २०७९
संघीयता खारेजको होइन, सुधारको माग गरेका हौंः रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधारको माग गरेको बताए ।

‘हामीले प्रदेश सभा निर्वाचनमा भाग लिन्नौं भनेपछि हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन् ।

यद्यपि केही समस्या पनि देखिएका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं । त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं ।’

 

Facebook Comments

सम्बन्धित समाचार