काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका छन् ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की बिदामा बसेर तीर्थाटनका लागि भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । असोज १५ गतेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।