AarthikBikash
बिहिबार, चैत्र २६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगको पत्र

माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगको पत्र

  • बिहिबार, कार्तिक ३, २०७९
माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगको पत्र

काठमाडौं – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ।

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको लागि रौटहट– १ बाट एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका नेता नेपालमाथि कारबाही गर्न आयोगले आग्रह गरेको हो। नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले कारबाहीको प्रकृया अघि बढाएको हो।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ। ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ।

सम्बन्धित समाचार