AarthikBikash
मङ्लबार, मंसिर १८, २०८१

हालको खबर

  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राष्ट्र बैंकले २५ करोड रकम मुद्दती निक्षेपमा राख्ने

राष्ट्र बैंकले २५ करोड रकम मुद्दती निक्षेपमा राख्ने

  • सोमवार, कार्तिक २१, २०७९
राष्ट्र बैंकले २५ करोड रकम मुद्दती निक्षेपमा राख्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु २५ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको सूचनामार्फत जानकारी दिएको छ ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु २० करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु तीन करोड ७५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु एक करोड २५ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो ।

आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ । आवेदन भने यही कात्तिक २२ गते मध्यरात १२ बजेसम्म दिन सकिनेछ । यही कात्तिक २७ गतेदेखि २०८० को कात्तिक २७ गतेसम्म तीन सय ६६ दिन उक्त रकम मुद्दती निक्षेपमा राखिनेछ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्र्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर सर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।

एनपिएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य
एनपिएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य