AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • राजनीति
  • मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने अन्य कागजात देखाएर पनि मत हाल्न पाइने

मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने अन्य कागजात देखाएर पनि मत हाल्न पाइने

  • बुधबार, कार्तिक २३, २०७९
मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने अन्य कागजात देखाएर पनि मत हाल्न पाइने

काठमाडौं – मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने अन्य कागजात देखाएर पनि मत हाल्न पाउने भएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र नभए पनि अन्य सरकारी कागजातका आधारमा भोट हाल्न पाइने भएको हो ।

мега ссылкамега ссылка

кракен ссылкакракен ссылка
निर्वाचन आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ । यसका लागि सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरिएको निर्वाचन आयोगले मंगलबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

mega darknetmega darknet
निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको÷नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

यसैबीच, निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहित सबैले पालना गर्नुपर्ने बताएका छन् । नेपाल कानुन समाजले गरेको निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरुको उपस्थितिमा बनाइएको आचारसंहिता भएकाले साना र ठूला दल भन्ने कुरा नहुने बताए ।

Вот актуальная кракен даркнет для входа.

आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

‘आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ’ दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उनले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारको कर्तव्य हुने बताए ।

आचारसंहिता कार्यान्वयनका लागि सरोकारवाला निकायसँगै कर्मचारीहरु पनि चनाखो हुनु पर्ने उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीले आचारसंहिता नैतिक कानुनीबन्धन भएकाले सबैले पूर्ण रुपमा पालना गर्नुपर्ने बताए । आँफैले बनाएको नियमको आँफैले उल्घन गर्नु भनेको दण्डनिय भएको बताउदै निर्वाचनमा हुने अपराध, दुव्र्यवहार, गलत अभ्यास, डर धाक, धम्की प्रलोभन जस्ता कार्य रोक्न सहयोग पुग्ने बताए ।

सम्बन्धित समाचार