AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • राजनीति
  • रवि लामिछानेलाई सांसदको शपथ लिन बाटो खुल्यो,सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन इन्कार

रवि लामिछानेलाई सांसदको शपथ लिन बाटो खुल्यो,सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन इन्कार

  • बुधबार, पुस ६, २०७९
रवि लामिछानेलाई सांसदको शपथ लिन बाटो खुल्यो,सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन इन्कार

काठमाडौं-सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ ।

उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । जससँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो ।

नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए । उनीहरुले अन्तरिम आदेश माग गर्दै लामिछानेको सांसद पद खारेज गर्नुपर्ने जिकीर गरेका थिए ।

तर, बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको हो ।

 

Facebook Comments

सम्बन्धित समाचार