AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई समर्थन कायमै राख्ने

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई समर्थन कायमै राख्ने

  • आइतवार, माघ २२, २०७९
सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई समर्थन कायमै राख्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पार्टी कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको शिक्षामन्त्री शिशिर खनालले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई गृह मन्त्रालय नदिनेका साथै सभापति रवि लामिछानेलाई मन्त्री पनि नबनाउने भनेपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि गृहमन्त्री पद गुमाएका थिए । पुनः नागरिकता लिएपछि उनले गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागे पनि प्रधानमन्त्री प्रचण्डले बेवास्ता गरेका थिए ।

यसबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दैछ ।

Facebook Comments

सम्बन्धित समाचार