AarthikBikash
बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाज
  • बुटवल–बर्दघाट प्रसारण लाइनमा बिहीबारदेखि दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने

बुटवल–बर्दघाट प्रसारण लाइनमा बिहीबारदेखि दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने

  • बिहिबार, माघ २६, २०७९
बुटवल–बर्दघाट प्रसारण लाइनमा बिहीबारदेखि दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं – बुटवल–बर्दघाट प्रसारण लाइनमा बिहीबारदेखि दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा विद्युत प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण गर्न विद्युत प्रसारण बन्द गर्न लागिएको हो ।

नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाले सार्वजनिक सूचना जारी गर्दै बिहीबारदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको छ ।

प्रसारण लाइनमा विद्युत आपूर्ति बन्द हुँदा प्राधिकरणको बुटवल ग्रीड महाशाखा अन्तर्गत बुटवल, सुनवल र रुपन्देहीको मैनहिया सब स्टेशनहरुबाट सञ्चालित बुटवल औद्योगिक क्षेत्रका उद्योग, कलकारखाना तथा घरेलु उपभोक्ताहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

यसबाट उद्योगको उत्पादन र मजदुरको रोजगारी प्रभावित हुने बुटवल औद्योगिक क्षेत्र उद्योग संघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार