AarthikBikash
बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त,पाएनन् विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त,पाएनन् विश्वासको मत

  • बिहिबार, माघ २६, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त,पाएनन् विश्वासको मत

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाएनन् ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले घोषणा गरेका हुन् ।

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलले बिहीबार (२६ माघ)भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने थियो ।

तर, सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद भने बैठकमा अनुपस्थित भएका कारणले रावलले विश्वासको मत पाउन सकेनन् । योसँगै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार