mega darknetmega darknet
AarthikBikash
आइतवार, कार्तिक २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • भारतीय विदेश सचिव क्वात्रा काठमाडौं आइपुगे

भारतीय विदेश सचिव क्वात्रा काठमाडौं आइपुगे

  • सोमवार, फाल्गुन १, २०७९
भारतीय विदेश सचिव क्वात्रा काठमाडौं आइपुगे

काठमाडौं-भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौँ आइपुगेका छन्। उनी सोमबार बिहान आएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार याक एन्ड यति होटलमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक हुँदैछ। क्वात्रा र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा रहेको टोलीले उक्त संयन्त्रको बैठक गर्न लागेको हो।

क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच दुई मुलुकका विभिन्न आयाममाथि छलफल हुने बताइएको छ। दुई मुलुकबीच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

यस्तै, क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

सम्बन्धित समाचार