AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सांसद भण्डारीको पहिलो अप्रेसन सफल, दोस्रो अप्रेसनको तयारी

सांसद भण्डारीको पहिलो अप्रेसन सफल, दोस्रो अप्रेसनको तयारी

  • शुक्रबार, फाल्गुन ५, २०७९
सांसद भण्डारीको पहिलो अप्रेसन सफल, दोस्रो अप्रेसनको तयारी

काठमाडौं-कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको शुक्रवार पहिलो अप्रेसन भएको छ। भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा बिहीबार साँझदेखि उपचाररत भण्डारीको शुक्रवार दुवै खुट्टाको अप्रेसन गरिएको हो ।

पहिलो अप्रेसन सफल भएको दाबी गर्दै चिकित्सकहरूले दोस्रो अप्रेसनबारे छलफल गरिरहेका छन्। बुधवार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका भण्डारीको अनुहार, हात र खुट्टामा जलन भएको थियो।

कांग्रेस नेता योगराज कँडेलका अनुसार नेशनल बर्न्स सेन्टरका चिकित्सक डा.सुनिल केसवानी, डा.सन्दीप मिस्त्री र डा.अमुलको परामर्श तथा निगरानीमा नेता भण्डारीको उपचार भइरहेको मुम्बईमा रहेका छ । पछिल्लो रिपोर्टअनुसार भण्डारीको पारामिटर सामान्य छ।

Facebook Comments

सम्बन्धित समाचार