AarthikBikash
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सन्दीपलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति

सन्दीपलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति

  • शुक्रबार, फाल्गुन १२, २०७९
सन्दीपलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति

काठमाडौं – सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्विकार गरेकाे छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्विकार गरेकाे हो। साथै, इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ आउँदो आईतबार पेशी तोक्न आदेश दिएको छ ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले निवेदक सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो आफ्ना शुभकामना रहेको बताए । तर, प्रक्रियालाई हामीले छाड्न नमिल्ने उनको भनाइ छ । लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ ।

Facebook Comments

सम्बन्धित समाचार