mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • मङ्लबार, फाल्गुन ३०, २०७९
सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं – सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त आईपीओमा आज कार्यालय समयभित्रमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीको आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतको ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्तां सेयर र सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर बाँडफाँट गरिसकिएको छ । कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर बिक्री गरेको छ ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।