mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • आर्थीक बिकास विशेष
  • लघुवित्त र मिटरब्याजी पीडित आन्दोलनमा

लघुवित्त र मिटरब्याजी पीडित आन्दोलनमा

  • मङ्लबार, फाल्गुन ३०, २०७९
लघुवित्त र मिटरब्याजी पीडित आन्दोलनमा

काठमाडौं – लघुवित्त र मिटरब्याजी पीडितहरूले काठमाडौंमा आन्दोलन गरेका छन्।​

मंगलवार लघुवित्त वित्तीय संस्थाहरूरुको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरूले विरोध प्रदर्शन गरेका हुन्। विभिन्न जिल्लाबाट काठमाडौं आएका उनीहरूले आज संयुक्त विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरू भेला भई संयुक्त आन्दोलन गरेको दाबी गरेका छन्। उनीहरूले लघुवित्त र मिटरब्याजीहरूले ऋण मिनाहा गर्नुपर्ने, किसानहरूलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्।

लघुवित्तीय संस्थाहरूले फिर्ता नहुने गरी केन्द्र बचतको नाममा विगत ३० वर्षदेखि गेरको प्रत सदस्य पाँच रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २-३ पटक पुनः कर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋणी बाहेकका विभिन्न नाममा गरिएको बचतकर्ताहरूको रकम हिसाब गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन्।

आन्दोलनमा सहभागीहरूले समाजवादी अर्थतन्त्रको विकास गर, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर लगायतका प्लाकार्ड बोकेर आन्दोलन गरेका थिए।

सम्बन्धित समाचार