кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, साउन १९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • समाज
  • Вот актуальная кракен даркнет для входа.
  • देशभर पूर्ण तथा आंशिक बदली, हावाहुरीसहित वर्षाको सम्भावना

देशभर पूर्ण तथा आंशिक बदली, हावाहुरीसहित वर्षाको सम्भावना

  • शुक्रबार, चैत्र १७, २०७९
देशभर पूर्ण तथा आंशिक बदली, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं-जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

अहिले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार राति देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार