AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • चितवन–२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

चितवन–२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

  • सोमवार, चैत्र २०, २०७९
चितवन–२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

काठमाडौं-चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । लामिछानेले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए ।

सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचमा यस क्षेत्रमा  १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन्।

Facebook Comments

सम्बन्धित समाचार