AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाइ ७ दिन भित्र स्पष्टीकरण दिन निर्वाचन आयोगको निर्देशन

खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाइ ७ दिन भित्र स्पष्टीकरण दिन निर्वाचन आयोगको निर्देशन

  • बुधबार, बैशाख ६, २०८०
खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाइ ७ दिन भित्र स्पष्टीकरण दिन निर्वाचन आयोगको निर्देशन

काठमाडौं-गत मंशिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले खर्च बिवरण नबुझाए पछि निर्वाचन आयोगले ताकेता गरेको छ ।

चार महिनासम्म पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगरे पछि आयोगले उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

आज एक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले उम्मेदवार र संलग्न पार्टीको नाम नै उल्लेख गरेर समयसिमासहित निर्देशन दिएको हो । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ३७ गरी  ७४ जना उम्मेदवारले खर्च विवरण नबुझाएको सुचनामा उल्लेख छ ।

निर्रवाचन सम्पन्न भएकाे ३५ दिन भित्र बुझाउनु पर्ने खर्च विवरण के कारणाले नबुझाएकाे हाे ? र कारबाही  किन गर्न नहुने हाे ? भन्दै आयोगले साेधेकाे स्पष्टीकरणमा उल्लेख छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रियासमेत अघि बढाइने आयोगले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

aayog11681871302.jpg

aayog1681871215.jpg

Facebook Comments

सम्बन्धित समाचार