AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • शान्ति प्रक्रियालाई फेरी बिथोल्ने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ

शान्ति प्रक्रियालाई फेरी बिथोल्ने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ

  • शनिबार, बैशाख ९, २०८०
शान्ति प्रक्रियालाई फेरी बिथोल्ने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं -उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी भए पनि पूरा गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उनले यस्ताे बताएका हुन्। उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरु भइरहेको उल्लेख गरेका हुन् । त्यसलाई असफल पार्दै अघि बढनुको विकल्प नरहेको पनि उहाँले बताए ।

उनले संक्रमणकालिन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताएका हुन् । एक दशक भन्दा बढी समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनु परेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएपनि छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिए । मुलुकको अर्थतन्त्र निस्क नै नसक्ने गरी संकटमा नफसेको दोहोर्याउँदै उहाँले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गराउँदै उनले सोही अनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको पनि बताए ।

Facebook Comments

सम्बन्धित समाचार