AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • उपनिर्वाचनमा ठूला दलप्रति चासो देखिएन : देउवा

उपनिर्वाचनमा ठूला दलप्रति चासो देखिएन : देउवा

  • सोमवार, बैशाख ११, २०८०
उपनिर्वाचनमा ठूला दलप्रति चासो देखिएन : देउवा

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।

सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता औंल्याए सांसद रामहरि खतिवडाले बताए । उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारे पनि सांसदहरुसँग चासो राखेको बताए ।

उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको जानकारी दिए । बैठकमा सांसदहरुले छोटो समय देशको नेतृत्व गरेका बीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बनेपनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार