AarthikBikash
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • राजनीति
  • भारतीय विदेशमन्त्रीले भेटे परराष्ट्रमन्त्री साउदलाई

भारतीय विदेशमन्त्रीले भेटे परराष्ट्रमन्त्री साउदलाई

  • शुक्रबार, बैशाख २९, २०८०
भारतीय विदेशमन्त्रीले भेटे परराष्ट्रमन्त्री साउदलाई

काठमाडौं-‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्र मन्त्री एनपी साउद र सोही सम्मेलनमा भाग लिन पुगेका भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ‌।

दुई नेताबीच भेट भएको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै भारतीय विदेश मन्त्री जयशंकरले दुई पक्षीय सम्बन्ध, विद्युत, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको उल्लेख गरेका छन् ।

साथै, परराष्ट्र मन्त्री साउदलाई जयशंकरले बधाई पनि दिएको उल्लेख गरेका छन् ।

शुक्रबार र शनिबार २ दिन चल्ने उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद ढाका प्रस्थान गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार