AarthikBikash
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने, निर्धारित पोसाकमा आउन सांसदहरुलाई आग्रह

राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने, निर्धारित पोसाकमा आउन सांसदहरुलाई आग्रह

  • बिहिबार, जेष्ठ ४, २०८०
राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने, निर्धारित पोसाकमा आउन सांसदहरुलाई आग्रह

काठमाडौं-सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने भएको छ । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भोलि (शुक्रबार) अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको दुवै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिने जानकारी गराए ।

सांसदहरूलाई ३ः४५ बजे नै आफ्नो आसन ग्रहण गर्न निर्देशन दिए । उनले सांसदलाई निर्धारण गरिएको औपचारिक पोसाक अनिवार्य गरिएको जानकारी पनि गराए । प्रतिनिधिसभा नियमावली २४२ मा उल्लेख भएअनुसार यसअघि नै कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले औपचारिक पोशाक तोकेका थिए ।

प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८/७९’ पेस गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार