AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • आश्वासन भन्दा आवश्यकता हेरेर काम गर्छौँ : रवि लामिछाने

आश्वासन भन्दा आवश्यकता हेरेर काम गर्छौँ : रवि लामिछाने

  • मङ्लबार, असार ५, २०८०
आश्वासन भन्दा आवश्यकता हेरेर काम गर्छौँ : रवि लामिछाने

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएकाछन् ।

भरतपुर महानगरपालिका–१२ कालिका टोलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नभएको बताए ।

‘जनताको धन र ज्यानलाई सुरक्षित राखेर गरिने विकास नै दिगो विकास हो’, उनले भने, ‘विकास निर्माणका काम गर्दा राज्यले विवेक प्रयोग गर्नुपर्छ ।’ उनले पार्टीका कार्यकर्तालाई झन्डा बोकर नभई आम नागरिक बनेर जनताको सेवक बन्न आग्रह गरे ।

सभापति लामिछानेले पाँच वर्षमा आफ्नो पार्टीले उल्लेख्य काम गर्ने भन्दै राज्यबाट नै विकासमा विभेद भएको गुनासो गरे । ‘भोट हालेको र नहालेकै आधारमा हामीले जनतालाई विभेद गर्न हुँदैन’, उनले भने, ‘कम भोट आएको ठाउँमा कम विकास र बढी भोट आएको ठाउँमा बढी विकास भन्ने हुँदैन ।’

उनले आफूले आश्वासनभन्दा पनि आवश्यकता हेरेर विकास निर्माणका काम गर्ने बताए । जहाँ शिक्षा, स्वास्थ्य र खानेपानीको प्रबन्ध छैन, त्यहाँ पहिला विकासका काम गर्नुपर्ने भन्दै उनले सिंगो देशको समस्यालाई प्रमुख विषयवस्तु बनाएर अघि बढ्ने बताए ।

देश विदेशका सबै नेपालीको समस्या हाम्रै समस्या रहेकाले एक–एक गरेर समाधान गर्दै जाने उनको प्रतिबद्धता जनाए ।

Facebook Comments

सम्बन्धित समाचार