AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन

गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन

  • मङ्लबार, असार ५, २०८०
गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन

धनगढी-बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ५ बजेर ३३ मिनेटमा निधन  भएको सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए ।

मंगलबार दिउँसो बझाङको केदारस्यु गाउँपालिका-१ झारछडा स्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। घटनामा सिंहकी पत्नी अमृता र उनकी भाउजु जयादेवीको मृत्यु भैसकेकाे छ ।

पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीको अवस्था गम्भीर छ । चालक धर्मराज जोशीको अवस्था भने मध्यम रहेको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार