AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे उपप्राध्यापक चलाउने

सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे उपप्राध्यापक चलाउने

  • बुधबार, असार ६, २०८०
सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे उपप्राध्यापक चलाउने

काठमाडौं-आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

उनले सरकारको  उक्त  निर्णय  गैरकानुनी र असंवैधानिक भन्दै  खारेजीको माग गरेका छन्। उनको रिटमा सुनुवाइका लागि बिहीबारका लागि पेशी तोकिएको छ ।

चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए। त्रिविका नेविसंघ इकाइ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो।

उक्त घटनामा नेपाल विद्यार्थी संघ त्रिवि इकाइ समितिका तत्कालिन सभापति हरि आचार्य, महासचिव योगेन्द्र रावललगायत विरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो ।

तर, कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार