AarthikBikash
शनिबार, अशोज १०, २०८३
  • होमपेज
  • समाज
  • ओखलढुंगामा घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

ओखलढुंगामा घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

  • शुक्रबार, असार ८, २०८०
ओखलढुंगामा घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं-ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। बिहिबार राती भारी वर्षासँगै गएको पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो।

चम्पादेवी गाउँपालिका वडा नम्बर –८ विलन्दुमा बिहीबार राति पहिरोले घर पुरेको हो। पहिरोले घर पुर्दा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ, छोरा १० वर्षीय दिनेश गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

पहिरोका कारण सोही स्थानका अन्य केही घरहरु पनि भत्किएका प्रहरीले जानकारी दिएको छ। ती घरका सदस्यहरुले भने भागेर ज्यान जोगाएका थिए।

 

सम्बन्धित समाचार