AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • दार्चुलामा सर्पको टोकाइबाट १८ वर्षीया किशोरीको मृत्यु

दार्चुलामा सर्पको टोकाइबाट १८ वर्षीया किशोरीको मृत्यु

  • शुक्रबार, असार ८, २०८०
दार्चुलामा सर्पको टोकाइबाट १८ वर्षीया किशोरीको मृत्यु

दार्चुला-दार्चुलामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान सर्पले टोकेपछि परीवारले बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु भएको बताइएको छ । उनलाई घरको कोठाभित्र सर्पले टोकेको थियो । उनी हेमन्ती कृष्ण मावि लालीमा कक्षा १२ मा अध्यनरत थिइन् ।

Facebook Comments

सम्बन्धित समाचार