AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ’ :गगनकुमार थापा

‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ’ :गगनकुमार थापा

  • शनिबार, असार ९, २०८०
‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ’ :गगनकुमार थापा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार बन्नसक्ने संकेत गरेका छन् । काठमाडौं–४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले भने, गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो कुरा भएन । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ ।’

उनले यो अनौठो कुरा समेत नभएको बताए ।

समाजवादी मोर्चा बनाएकोप्रति उनले आफ्नो धारणा व्यक्त गर्दै त्यसमा एमाले मिसिए पनि कांग्रेसलाई फरक नपर्ने बताए ।

आगामी निर्वाचनमा काँग्रेस नडराई एक्लै चुनाव लड्न तयार रहेको समेत उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार