AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुने

कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुने

  • सोमवार, असार ११, २०८०
कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुने

विराटनगर-कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुने भएको छ। प्रदेश सरकारले असार १४ गतेका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।

विश्वासको मत लिने प्रजोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको हो। मुख्यमन्त्री कार्कीले असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्व सरकार अल्पमतमा परेको छ। अल्पमतमा परेपछि कार्कीले जारी बजेट अधिवेशन अन्त्य गर्दै जेठ ३२ गते अध्यादेशमार्फत प्रदेश सरकारको बजेट ल्याएका थिए।

सभामा जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो। नियमित अधिवेशन आह्वान गर्दा सभामा बजेट अध्यादेश पेस गर्नुपर्ने हुन्छ।

सम्बन्धित समाचार