AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • आर्थिक वर्ष २०८०/८१ को बजेट पारित

आर्थिक वर्ष २०८०/८१ को बजेट पारित

  • बुधबार, असार १३, २०८०
आर्थिक वर्ष २०८०/८१ को बजेट पारित

काठमाडौं-सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । बुधबार दोस्रोपटक बसेको बैठकले बजेट बहुमतले पारित गरेको हो ।

बजेट पारित हुनुपर्ने पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिए । तटस्थमा शून्य मत परेकाे छ ।

यसअघि बैठकमा सभामुख घिमिरेले विनियोजन विधेयक २०८० बहुमतले पारित भएको घोषणा गरेका थिए । तर, एमालेले विनियोजन विधेयक बहुमतले स्वीकृत भएको आफूहरुलाई नलागेकाले मतविभाजन गर्न माग गरेका थिए ।

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार