AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • विश्वविद्यालयमा दलको झोला बोकेर छिर्न रोक लगाउनुपर्छ : महामन्त्री थापा

विश्वविद्यालयमा दलको झोला बोकेर छिर्न रोक लगाउनुपर्छ : महामन्त्री थापा

  • सोमवार, असार १८, २०८०
विश्वविद्यालयमा दलको झोला बोकेर छिर्न रोक लगाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने बताएका छन् ।

गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले विश्व विद्यालयमा राजनीति भागबन्डाबाट अलग राख्नुपर्ने बताए।

महामन्त्री थापाले भने, ‘हाम्रो विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको छ । यो थला परेको छ । यो बिग्रनुमा सबैभन्दा ठुलो दोष हामीले नै लिनुपर्छ । हाम्रो कारणले गर्दा विश्वविद्यालय आज थला परेको छ । हाम्रो निर्वाचन प्रणालीको कारणले गर्दा हाम्रो सरकार मिलीजुली बन्छ, हाम्रो सरकार मिलीजुली भएको हुनाले हामी विश्वविद्यालयको नेतृत्व पनि मिलीजुली बनाउनतर्फ लाग्यौँ । संघीय शिक्षा ऐन जस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्छ र त्यसमा नै कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भनेर । होइन भने विश्वविद्यालय माथि उठ्न सक्दैन ।’राजनीतिक दलहरूले भागबन्डाकै कारणले विश्वविद्यालयको स्तर खस्केको उल्लेख गर्दै ऐन बनाएर अघि बढ्न आग्रह गरे। महामन्त्री थापाले प्रधानमन्त्रीलाई निर्णायक भूमिका खेल्न आग्रह गरे।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालेको भ्रष्टाचारविरुद्धको अभियान सबैको साथ भएको उनको भनाइ छ। भ्रष्टाचारविरुद्धको अभियानमा सिंगो देशको साथ सरकारलाई रहेको बताए।

Facebook Comments

सम्बन्धित समाचार