AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मौसम अपडेट: बुधबारसम्म देशभरमा पानी पर्ने सम्भावना

मौसम अपडेट: बुधबारसम्म देशभरमा पानी पर्ने सम्भावना

  • सोमवार, असार २५, २०८०
मौसम अपडेट: बुधबारसम्म देशभरमा पानी पर्ने सम्भावना

काठमाडौं – आज (सोमबार) देखि वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि बुधबारसम्म देशभर मौसम बदली (बादल) र वर्षा बढ्ने सम्भावना देखिएको हो ।

अहिले बिहान पनि कोशी प्रदेशका केही तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । बागमतीअन्तर्गत काठमाडौं उपत्यकाका पनि केही स्थानमा अहिले पानी परिरहेको महाशाखा जनाएकाे छ । विगत १२ घण्टामा दोलखामा भारी ६३ मिलिमिटर वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसमेत ३ दिन (बुधबारसम्म) सबै प्रदेशमा वर्षा हुनेछ । त्यसअन्तर्गत आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार