AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • संसदलाई तीन दलको बन्धक बन्न दिँदैनौँ : रवि लामिछाने

संसदलाई तीन दलको बन्धक बन्न दिँदैनौँ : रवि लामिछाने

  • सोमवार, असार २५, २०८०
संसदलाई तीन दलको बन्धक बन्न दिँदैनौँ : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बन्न नदिने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र)को निर्णय अरुले मानिदिनुपर्ने हो भन्दै आफूहरुले संसदलाई तीन दलको बन्धक बन्न नदिने बताए ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूलाई धारणा राख्ने अवसर नै नदिएको भन्दै उनले एमालेको छायाँमा परेको अनुभव गरेको बताए ।

मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका व्यक्त गरेका उनले तत्काल उक्त विधेयक ल्याउनुपर्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार